neapl investment mega bank
  • गृहपृष्ठ
  • विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाएको अभियोगमा पक्राउ

विदेश पठाइदिन्छु भन्दै रकम लिएर बन्धक बनाएको अभियोगमा पक्राउ

Jul 22nd, 2020

काठमाडौं, साउन ७

लिबिया र कुवेत पठाइदिन्छु भन्दै प्रलोभनमा पारी रकम लिएर बन्धक बनाएको अभियोगमा २ जनालाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवन राप्ती नगरपालिका ९ का उद्धव घतानी र झापा मेची नगरपालिका १० बस्ने गोरे भन्ने नर बहादुर श्रेष्ठ रहेका छन् ।

घतानीले एक नेपाली युवालाई लिबियामा मिल्क पाउडर कम्पनीमा काम लगाईदिने प्रलोभनमा पारी १ लाख ६० हजार रूपैया र १ हजार अमेरिकी डलर समेत लिई दुबई हुँदै लिबियाको त्रिपोली पुर्याहई २०७५ भदौ महिनादेखि २०७६ साउन ८ गतेसम्म बन्धक बनाई राखेको घटनाको अनुसन्धान गर्न व्यूरोबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

साथै श्रेष्ठले तीन जना नेपाली महिलालाई कुबेत पठाउने भनी भारतको नयाँ दिल्ली पुर्यायई एक अपार्टमेन्टमा बन्धक बनाउने कार्यमा संलग्न श्रेष्ठलाई व्यूरोबाट खटिएको प्रहरीले झापा मेची नगरपालिका-१० स्थित उनकै घरमा फेला पारी असार ७ गते पक्राउ गरेको हो । नयाँ दिल्लीको एक अपार्टमेन्टमा बन्धक बनाइ राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरी नेपाल तीन महिलालाई नेपाल फर्काइएको थियो ।

दुवै जनाविरुद्द मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi