neapl investment mega bank

मुक्तिनाथ विकास बैंकको कर्जामा छुट

Jul 22nd, 2020

काठमाडौ, साउन ७

मुक्तिनाथ विकास बैंकले विभिन्न कर्जाहरुमा मुक्तिनाथ ग्राहक विशेष लाभ योजना नामक आकर्षक कर्जा योजना सञ्चालनमा ल्याएकोे छ । यो योजना अन्तर्गत अधिकांश कर्जाहरुमा सीमित अवधिका लागि थुप्रै सुविधा दिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो खाता खोल्ने ग्राहकलाई न्युनतम ब्याजदर, ४८ कार्य घण्टा भित्रकर्जा स्वीकृती गरिने, नियमित किस्ता तिरेमा तिरेको ब्याजमा १० प्रतिशत छुट, एक वर्षसम्म कर्जा स्वीकृत हुँदा कायम ब्याजदर परिवर्तन नगरिने, कर्जा सेवाशुल्क अधिकतम १ प्रतिशतमात्र, विना सुरक्षण शुल्कमा लकर लगायतमा सुबिधाहरु दिईएको छ । यसमा सर्तहरु भने लागुु हुुने बैंकले जनाएको छ । यसका साथै, बैंकबाट कर्जा लिएका ग्राहकहरुले २०७७ असार मसान्तको कर्जाको तिर्न बाँकी सांवा र ब्याज यही २०७७ श्रावण मसान्तसम्ममा चुक्ता गरेमा कर्जाको ब्याजदरमा २ प्रतिशत सम्मको छुट प्रदान गर्ने व्यबस्था बैंकले ल्याएको छ ।

बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथाकर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।