neapl investment mega bank

बाढी पहिरोबाट सडक अवरोध तथा धनमाल नष्ट

Jul 22nd, 2020

काठमाडौं, ७ साउन

सुनसरीको बराहक्षेत्र नगरपालिका ५ स्थित घैचा खोलामाअविरल वर्षाको कारण पानीको बहावले जगर्नाथ डेडराज जनता माद्यामिक विद्यालय कालाबन्जरको पर्खाल सोमबार बिहान भत्कनुका साथै प्रयोगशालामा समेत पानी पसेर किताब, कापी,फ्लेक्स पेपर लगायतका सामग्रीहरु भिजेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका ४ मुस्लिम टोलस्थित रजदिया बांके मदनी मदरसाको पर्खाल अविरलको वर्षाको कारण मंगलबार बिहान भत्किदाँकरिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नवलपरासी (पश्चिम) को सुस्ता गाउँपालिका ५ थारुटोलमा अविरल परेको वर्षाको कारण नारायणी नदीको बहाव बढन गई १७ वटा घरभित्र पानी पसेरमंगलबार साँझदेखि डुबानमा परेको छ । डुबानमा परेका घरहरुमध्ये सोही ठाउँ बस्ने केदार चौधरी लगायत ५ जनाको कच्ची घर भत्किदा करिब ४६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

पाल्पाको निस्दी गाउँपालिका ४ झ्यालटुङ बस्ने धन बहादुर सुनारीको कच्ची घर अविरल वर्षाको कारण मंगलबार दिउँसो भासिन जाँदा भाँडावर्तन,लत्ताकपडा,अन्नपात लगायतको सामान गरी करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसैगरी तिनाउ गाउँपालिका ५ कालिमाटीमा पहिरो झरेर सिद्धार्थ राजमार्ग मंगलबार दिउँसोदेखि अवरोध भएको छ । प्रहरी चौकी प्रभासबाट खटिएकोप्रहरीले एकतर्फी सडक सुचारु गराउनुका साथै आवश्यक पहल गरिरहेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा मंगलबार दिउँसोदेखि ८० र ९० घरधुरीमा अविरल वर्षाको कारणले कोशी नदीको पानीपसेको छ । घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हनुमाननगर लगायत जिल्ला अन्तर्गतका सम्पूर्ण सुरक्षा निकायका स्थानीय प्रमुखहरु र स्थानीय निकाय समेतको टोली हनुमाननगर कंकालिनी नगरपालिका ९ स्थित बाँधमा कमाण्ड सेन्टर खडा गरी उद्धार कार्यमा जुटेकाछन् ।

सर्लाहीको चक्रघट्टा गाउँपालिका ५ पडरिया बस्ने सहदेब भण्डारीको कच्ची घर अविरल वर्षाको कारण मंगलबार दिउँसो घर भत्किँदाअन्नपात, फर्निचर लगायत गरी करिब ५ लाख रुपैयाँ मुल्य बराबरको धनमाल नष्ट भएको छ ।

रौतहटको ईशनाथ नगरपालिका १ स्थित सिमा प्रहरी चौकी बन्जरहाको कम्पाउण्डमा अविरल वर्षाको कारण आएको लाल बकैया खोलाको बाढीको पानी पसेर कार्यालयको काममा बाधा उत्पन्न भएको छ । उक्त कार्यालय सोही ठाउँस्थित राम सुनर प्रसादको घरमा सारिएकोछ । यसैगरी गौर नगरपालिका २ स्थित भन्सार सुरक्षा गार्डको कम्पाउण्डमा बाढीको कारण करिब ३ फिट पानी पसेर कार्यालयको काममा बाधा उत्पन्न भएको छ । उक्त कार्यालयसोही ठाउँस्थित रामेश्वर शाहको घरमा सारिएको छ ।

प्युठानको सरूमारानी गाउँपालिका २ दर्भान पुल नजिकै भालुबाङ(प्यूठान सडकखण्डमा पहिरो खसेरमंगलबार साँझदेखिसडक अवरोध भएको छ । प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएकोप्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङस्थित प्रहरी चौकी कोवाङ मंगलबार साँझदेखि पहिरो खसेर जोखिममा परेको कारण सोही ठाउँस्थित अमन पौडेलको घरमा स्थानान्तरण गरिएको छ ।

तनहुुंंको बन्दिपुर गाउँपालिका ६ नाल्दीस्थित बुद्धसिंह राजमार्गमा पहिरो झरेर सोही ठाउँ बस्ने नवराज गुरुङ सहित ४ जनाको घर मंगलबार दिउँसो बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सराङघाटबाट खटिएको प्रहरीले उद्धारका लागि आवश्यक पहल गरिरहेको छ ।

भक्तपुर, चाँगुनारायण नगरपालिका ४ खोरियास्थित कृष्ण मा.वि.नजिक कच्ची सडकमा अविरल वर्षाको कारण पहिरो गई सडक मंगलबार दिउँसोदेखि अवरोध भएको छ । महानगरीय प्रहरी प्रभाग चांगुबाट खटिएकोप्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

चितवनको भरतपुर महानगरपालिकाको २९ मुग्लिङ(नारायणगढ सडक खण्डको सत्र किलो नजिकै चट्टान सहितको पहिरो खसेरमंगलबार साँझदेखि सडक पूर्णरुपमा अवरोध भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएकोप्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


aadharbhumi
aadharbhumi
aadharbhumi