neapl investment mega bank

बाढी तथा पहिरोमा परेर मृत्यु

Jul 22nd, 2020

काठमाडौं, ७ साउन

स्याङ्जाको गल्याङ नगरपालिका १० गाउँस्वारा बस्ने ५२ वर्षीया माया सारूको घरमा बुधबार बिहान पहिरो झर्दा माया मृत अवस्थामा फेला परेकी छन् । पहिरोमा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणी सारूलाई उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएको छ । पहिरोले उनको घर पूर्णरुपमा नष्ट भएको छ । प्रहरी चौकी गल्याङ र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङतातोपानी नागढुङगास्थित भिरबाटमंगलबार साँझ ढुङगा माटो सहितको पहिरो खस्दा सोही गाउँपालिका ३ दाना काभ्रे बस्ने ३४ वर्षीय झलक पुनको पुरिएर मृत्यु भएको छ । साथै पहिरोका कारण बेनी-जोमसोम सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ । मुस्ताङतर्फ पैदल जाँदै गरेका मानिसहरु समेत पहिरोमा परेको हुनसक्ने भएकाले सिमा प्रहरी चौकी भुरुङतातोपानीबाट खोजी कार्य गरिरहेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका ७ मोदिडाँडा बस्ने तेज कुमार बराईलीको कच्ची घरमा अविरल वर्षाको कारण मंगलबार रातिदेखि पहिरो खस्दा घरको पर्खाल भत्की पाहुना आएका मेचीनगर नगरपालिका ९ बस्ने टेक बहादुर बिकको छोरा १५ वर्षीय विवेक दर्नालको पुरिएर मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले जेसिबि र स्थानीयको सहयोगमा उनको शव बाहिर निकालेको हो ।

महोत्तरीको बलबा नगरपालिका ११ भगवतीपुरस्थित रातु खोलाले मंगलबार बिहानदेखि बगाई बेपत्ता भएका भंगाहा नगरपालिका ६ बस्ने ४० वर्षीयविरेन्द्र कापडसोही नगरपालिका ४ स्थित उत्तरबारी टोलमा मृत अवस्थामा फेला परेका छन् । जनकपुरबाट साईकलमा घर संग्रामपुर जाने क्रममा रातु खोला तर्दा खोलाले बगाएका उनलाई खोजी गर्ने क्रममा शव फेला परेको हो ।

रुपन्देहीको कञ्चन गाउँपालिका ५ भैसाही बस्ने २४ वर्षीय रोहित थारु कपिलवस्तु बाणगंगा नगरपालिका-१० भेलैयास्थित कोठी खोलामा मंगलबार बिहान डुबेर मृत अवस्थामा फेला परेका छन् । माछा मार्न भनी रुपन्देही-कपिलवस्तुको सिमानामा पर्ने कोठी खोलामा गएका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

नवलपरासीको सुनवल नगरपालिका ४ सितलास्थित तुरिया खोलामा डाईभर्सन गरेको तालमा मंगलबार दिउँसो हाल नाम, थर, वतन नखुलेका पुरुषको शव फेला परेको छ । घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको जनाएको छ ।


aadharbhumi
aadharbhumi
aadharbhumi