neapl investment mega bank

बजारमा आयो, एक हजार रुपैयाँको नयाँ नोट

Jul 22nd, 2020

काठमाडौ, साउन ७

नेपाली बजारमा एक हजार रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले आज बुुधबारबाट परिमार्जितरुपमा एक हजार दरको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकका अनुसार एक हजार दरको साविककै आकार तथा रंगमा तर साविकको एक वटा हात्तीको चित्रको सट्टामा राम र लक्ष्मण भनेर चिनिने दुर्लभ जुुम्ल्याह दुुई वटा हात्तीहरुको चित्र रहेको, संकेत नम्वर जर ६८०००००१ देखि टर १०० ९९९९९९ सम्म नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुुरुन्त पाईने छ । भन्ने प्रतिज्ञामुुलक बाक्याँश सहित आज बुधबारबाट एक हजार दरको नयाँ नोट चलनचल्तीमा ल्याईएको छ ।

नयाँ नोटको बिशेषताहरुमा नोटको बायाँतर्फ सगरमाथा हिमालको चित्र रहेको, नोटको दायाँ तर्फ चार मिलिमिटर लम्वाई भएको सुरक्षण धागो रहेको, नोटको दायाँ तर्फ लाली गुुराँस र एक हजार दरको नोट जनाउने अंग्रेजी अंकको पानीछाप रहेको, नोटको दायाँ तर्फ तल्लो भागमा फरक क्षमता (दृष्टिबिहिन) भएकाहरुले छामेर नै नोट पहिचान गर्न सक्ने गरी एक हजार अंक जनाउने रोमन अक्षरमा एम रहेको, नोटमा गर्भनरको दस्तखत रहने स्थानमा तत्कालीन गर्भनर डा. चिरञ्जीवी नेपालको दस्तखत रहेको, नोटको तल्लोमा भागमा सिरिज नम्वर नेपालीमा २०७६ लेखिएको रहेको छ ।

नोटको पृष्ठ भाग अन्र्तगतको नोटको माथिल्लो भागमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको बाँया तर्फ एक हजार दरको नोट चिनाउने अंंग्रेजी अंक रहेको, नोटको मध्य भागमा चितवन जिल्लास्थित सरकारी हात्तिसारमा नेपाल सरकारको स्वामित्वमा रहेका नेपाली हात्तीहरु मध्ये देवकली भनि चिनिने हात्तीबाट जन्म भएको दुुर्लभ मानिने राम र लक्ष्मण भनेर चिनिने जुम्ल्याह दुुई वटा हात्तीको फोेटो रहेको, नोटको दायाँ तर्फ अंंग्रेजीमा एक हजार रुपैयाँ लेखिएको नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर रहेको छ ।