neapl investment mega bank
  • गृहपृष्ठ
  • १३औँ साग खेलका स्वर्णपदक विजेतालाई सम्मान गरिने

१३औँ साग खेलका स्वर्णपदक विजेतालाई सम्मान गरिने

Jul 22nd, 2020

काठमाडौँ, ७ साउन /रासस०

नेपाली काङ्ग्रेस केन्द्रीय खेलकूद विभागले गत १३ आँै साग खेलका स्वर्णपदक विजेतालाई नगदसहित सम्मान गर्ने भएको छ ।

मंगलबार यहाँ भएको पत्रकार सम्मेलनमा खेलकूद क्षेत्रको बृहत्तर विकासलाई ध्यानमा राखी उक्त निर्णय गरेको जानकारी दिइयो । विभागका प्रमुख मोहनबहादुर बस्नेतले टोकियो ओलम्पिक ‘२०२१’ मा नेपालका तर्फबाट सहभागी हुने खेलाडी र प्रशिक्षकको कोरोना बीमा गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “ २०२१ मा हुने ओलम्पिक खेलको तयारीका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा नेपाली खेलाडीको सहभागिताका लागि कोरोनाको सुरक्षा र सावधानी अपनाउँदै प्रशिक्षण सञ्चालन गर्न सरकारसँग माग गर्छाँै ।”

यसैगरी काङ्ग्रेस सभापतिको नाममा हरेक वर्ष राष्ट्रियस्तरीय सभापति कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको बस्नेतको भनाइ छ ।

विभिन्न विधाका प्रशिक्षकहरुको व्यवस्था गरी वडा तहसम्म खेलकूद गतिविधि सञ्चालन गर्ने, प्रजातन्त्रवादी नेताहरुको सम्मानमा राष्ट्रिय, प्रादेशिक र स्थानीयस्तरीयमा विभिन्न विधाका हरेक वर्ष खेलकुद प्रतियोगिता गरिने सो अवसरमा जानकारी दिइयो । राष्ट्रिय खेलकूद परिषद्मा कार्यरत १३ देखि २४ वर्ष सेवा अवधि पार भएका कर्मचारीको पदोन्नति नगरी वृत्तिविकासमा आँच पु¥याएकाले निजहरुको बढुवा प्रक्रिया अगाडि बढाउन समेत सो अवसरमा माग गरिएको छ । “नेपाल ओलम्पिक कमिटी र भारतीय टिभी च्यानलहरुबीच भएको १३आँै सागका गतिविधि प्रसारणसम्बन्धी सम्झौता रकमको हिसाबकिताब सार्वजनिक गर्न माग गर्छाँै”, उहाँले थप्नुभयो ।