आधारभूमि संवाददाता
काठमाडौँ, ६ साउन
सरकारले साउन १५ देखि होटल, रेस्टुरेन्ट सञ्चालन गर्न दिने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले साउन १५ देखि होटल, रेस्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।
होटल तथा रेष्टुराँमा सभा सम्मेलन ,सामूहिक भोज, पार्टी भने गर्न पाइने छैन।