neapl investment mega bank

नबिल बैंकको २० लाख थान ऋणपत्र सुचीकृत

Jul 21st, 2020

काठमाडौ, साउन ६

नबिल बैंकको २० लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेड मार्फत् २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २० लाख थान ऋणपत्र वितरण भई यस स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।

सो सम्बन्धमा आज मंगलबार नेपाल स्टक एक्सचेन्ज र नबिल बैंकबीच सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका छन् ।

नबिल बंैकले आफ्नो देशभर ११८ वटा शाखा कार्यालयहरु, १७५ एटीएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सन्जाल मार्फत निरनतर गुणस्तरिय सेवा प्रवाह गरिरहेको छ ।