neapl investment mega bank
  • गृहपृष्ठ
  • जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पण’ को सहकार्यमा निःशुल्क मास्क वितरण

जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पण’ को सहकार्यमा निःशुल्क मास्क वितरण

Jul 21st, 2020

काठमाडौ, साउन ६

कोभिड –१९ को संक्रमण समुदायमा फैलन नदिन विभिन्न सुरक्षात्मक उपायहरु अपनाइरहेको अहिलेको परिप्रेक्ष्यमा कामको शिलसिलामा घरबाट बाहिर निस्कने मानिसको लागि सरकारले नै मास्क अनिर्वाय गरेको छ । यही सरकारको निर्णयमा सहयोग पुर्याउन ‘जगदम्बा मोटर्स र लायन्स क्लब अफ काठमाडौं समर्पण’को सहकार्यमा निःशुल्क मास्क वितरण सम्पन्न गरेको छ ।

संसारभर नै मास्कलाई एक भरपर्दो सुरक्षा विधि भएको विश्व स्वास्थ्य संगठनले समेत प्रमाणित गरिसकेको छ । हाल देशमा लकडाउन खुकुलो बनाउँदै लगिएको छ । सरकारले लकडाउन खुकुलो पार्दै लगे सँगै मानिसहरुको आवतजावत पनि दिनानुदिन वृद्धि हुँदै गएको छ ।

अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै मानिसहरुको धेरै चहलपहल हुने स्थानहरु मध्येको कालिमाटी तरकारी बजार, बल्खु तरकारी बजार, यातायात कार्यालय, असन, बसन्तपुर, कलंकी, पाटन दरबार क्षेत्रहरुमा जगदम्बा मोटर्स प्रा.लि. र लायन्स क्लब अफ काठमाडौं समर्पणको सहकार्यमा निःशुल्क मास्क वितरण गर्ने सप्ताहव्यापी अभियान सम्पन्न गरेको छ ।

यस अभियान अन्तर्गत ४००० थान मास्कहरु सर्वसाधारणलाई निःशुल्क वितरण गरिएको थियो । अभियानमा मास्क वितरण सँगसँगै सर्वसाधारणलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भिडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुने लगायतका जनचेतनामूलक जानकारीहरु पनि प्रदान गरिएको थियो । जगदम्बा मोटर्सले बिक्री वितरण गर्दै आएका मोटरसाइकल तथा स्कुटरहरु नेपाली बजारमा निकै चर्चित रहेकाछन् ।

कम्पनीले बिक्री गर्ने मोटरसाइकल, स्कुटर र थ्रि ह्वीलर्सहरु नेपाली समाजसँग जोडिएकाले त्यहि समाजमा नै केही योगदान गर्ने नीतिअनुसार कम्पनीले विशेषरुपमा काम गर्दै आएको छ ।
अभियान संचालन गर्नुको उद्देश्यका बारेमा प्रष्ट पार्दै जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने, ‘कोभिड १९ बाट हामी सबै त्रसित छौं । यसबाट बच्ने एकमात्र सजिलो उपाय भनेको हामी स्वंयम सजग र सचेत रहनु हो । यसैले हामीले आमनागरिकहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर कोरोना भाइरसबाट बच्नका लागि आवश्यक उपायहरु अबलम्बन गर्न आग्रह गर्नुका साथै मास्कसमेत वितरण गरेरका हौं । जगदम्बा मोटर्स प्रालिले यो कार्यक्रम आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गरेको हो ।

यसैगरी लायन्स क्लबअफ समर्पण काठमाडौंका अध्यक्ष दीपक बसन्तले भने,‘अभियानमा सहभागी हुँदा झण्डै ९५ प्रतिशत मानिसहरु अझै पनि बिना मास्क हिंड्ने गरेको हामीले पायौं । कोरोनाको महामारीबाट आफू र आफ्नो परिवार, साथीभाइलाई बचाउन अनिवार्यरुपमा मास्क प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न आफ्नो संस्थाले पहल गरेको हो ।’ एक सातासम्म संचालन गरिएको यो अभियानको अन्तिम दिन पाटन दरबार क्षेत्रमा कार्यक्रम संचालन गरिएको थियो ।

टीभीएस मोटरसाइकल, स्कूटर तथाथ्री ह्वीलर्सका वितरक जगदम्बा मोटर्सको उद्देश्य नै ‘टीभीएस साथ छ हाम्रो’ श्रृखला मार्फत् समाजमा योगदान दिनु रहेको छ । कम्पनीले विगतमा पनि यसप्रकारका सामाजिक चेतनामूलक एवं सहभागितामूलक विविध कार्यक्रमहरु संचालनमा विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै आएको छ । भोलिका दिनमा पनि यस प्रकारको काम निरन्तरता दिने छौं ।

aadharbhumi
aadharbhumi
aadharbhumi