neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १५० जनामा कोभिड–१९ सङ्क्रमण , ६०९ जना डिस्चार्ज

थप १५० जनामा कोभिड–१९ सङ्क्रमण , ६०९ जना डिस्चार्ज

Jul 21st, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ६ साउन

नेपालमा थप १५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा ३ हजार ९६३ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ९९४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ३ हजार ९६३ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २१ हजार ७०४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ७७ छ।  पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

थप ६०९ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६०९ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ६०९ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १२ हजार ४७७ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर पाँचथर, संखुवासभा धनकुटा, रसुवा, मनाङ र मुस्ताङ जिल्ला रहेका छन् ।