neapl investment mega bank

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Jul 21st, 2020

ओखलढुंगा, ६ साउन

मानेभन्ज्याङ गाउँपालिका-७ हर्कपुर बस्ने सिरहा लाहान नगरपालिका-७ घर भएका २६ वर्षीय चुने भन्ने राम शाहलाई २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहले ती महिलालाई मानेभन्ज्याङ गाउँपालिका-६ स्थित सन्जु होटलको कोठामा शनिबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi