neapl investment mega bank
  • गृहपृष्ठ
  • युनियन यूनिप्रेस नेपालद्धारा कोविड १९ बाट प्रभावितहरुलाई खाद्यान्न बितरण

युनियन यूनिप्रेस नेपालद्धारा कोविड १९ बाट प्रभावितहरुलाई खाद्यान्न बितरण

Jul 21st, 2020

काठमाडौ, साउन ६

वीपी स्मृति दिवशको अबसरमा नेपालको एक शशक्त संचार क्षेत्रको युनियन यूनिप्रेस नेपालले कोभिड १९ बाट प्रभावित विभिन्न प्रेस तथा संचार संबद्ध संस्थाहरूमा कार्यरत आफ्ना सदस्यहरूलाई खाद्यान्न राहत बितरण गरेको छ ।

बितरित राहत, यूनिप्रेसलाई यूनिप्रेस आबद्ध संस्थाहरू नेपाल ट्रेड युनियन काग्रेस तथा यूनियन नेटबर्क ईन्न्टरनेशन नेपाल कार्यालय मार्फत प्राप्त भएको कुरा उप महासचिब सुदिप बुडाथोकीले बताए ।

आज आयोजित राहत बितरण कार्यक्रममा प्रमुख अतिथि नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष तेजेन्द्रजंङ्ग कार्कि, युनिप्रेसका प्रमुख सल्लाहकार अश्विन दहाल, बरिष्ठ उपाध्यक्ष श्रीकृष्ण श्रेष्ठ लगायतले राहत सामग्री बितरण गरेका थिए । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि एवं नेपाल ट्रेड युनियन काग्रेसका उपाध्यक्ष तेजेन्द्रजंङ्ग कार्कीले कोविड बाट आहत श्रमिकहरूलाई आबद्ध संधहरू मार्फत केही मात्रामा भए पनि नेपाल ट्रेड युनियन काग्रेसले श्रमिकहरूलाई राहत उपलब्ध गराईरहेको बताए ।

वीपी बारे बोल्दै उनले वीपीको राजनैतिक सिद्धान्तलाई र उनले देखाउनु भएको बाटोलाई सबैले पालन गरे मात्र नेपाली जनताले सुखी जीवनयापन गर्न सक्ने कुरा बताए ।

बर्तमान परिस्थितिमा बर्तमान सरकारले श्रमिकहरूलाई राहत पुग्ने खालका कुनै काम नगरेको गुनासो गर्दै सरकारलाई र उद्योगीहरूलाई श्रमिकको हितका पक्षमा काम गर्न ट्रेड युनियन काग्रेसले दवाव सृजना गर्दै पहल गरिरहेको बताए ।

श्रीकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रेष्ठ, यूनिप्रेसका प्रमुख सल्लाहकार अश्विन दहालले ट्रेड युनियन काग्रेस तथा युनियन नेटबर्क ईन्टरनेशनलाई राहत सहयोगका लागि धन्यवाद ब्यक्त गर्दै बर्तमान परिस्थितिबाट सृजित असहज आर्थिक अबस्थाबाट पिडित बिशेषगरि अनौपचारीक क्षत्रमा कार्यरत श्रमिकहरूलाई सबैले राहत सहयोग जुटाउनुपर्ने कुरा बताए ।

aadharbhumi
aadharbhumi
aadharbhumi