neapl investment mega bank
  • गृहपृष्ठ
  • सुनचाँदी पसलबाट करिब २० लाख ५२ हजार रुपैयाँ बराबरको गहना चोरी

सुनचाँदी पसलबाट करिब २० लाख ५२ हजार रुपैयाँ बराबरको गहना चोरी

Jul 20th, 2020

ललितपुर, ५ साउन

ललितपुर महानगरपालिका-१३ एकान्तकुनास्थित न्यू लक्ष्मीनारायण सुनचाँदी पसलबाट करिब २० लाख ५२ हजार २ सय ६५ रुपैयाँ बराबरको सुनचाँदीका विभिन्न गहनाहरु चोरी भएको छ । सोही महानगरपालिका कुसुन्ती घर भएका बरुण घतानीको उक्त पसलमा गएराति कोही नभएको अवस्थामा चोरी भएको बताइएको छ ।

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi