काठमाडौ, साउन ५
बिश्व मैअग्रणी स्मार्टफोन ब्राण्ड ओपो, आफ्ना अत्याधुनिक नवप्रबर्तनका लागि उपभोक्तामाझ विशेष परिचित छ । यूवापुस्तालाई विशेष ध्यानमा राखि तिनको दैनिकीमा सहजता प्रदान गर्ने सोचका साथ स्मार्टफोनका क्यामेरादेखि कार्य प्रदर्शनीमा ओपोले विशेष ध्यानदिने गरेको छ । आफ्ना प्राथमिकतालाई निरन्तरता दिदैं ओपोले नेपालमा ओपो ए ३१ स्मार्टफोन सार्वजनिक गरेको छ ।
ओपो ए३१ फ्यान्टसी ह्वाइट (सेतो) र मिस्ट्रि ब्ल्याक(कालो) गरी दूई आकर्षक रंगमा सार्वजनिकगरिएको छ । ७२०×१६०० पिक्सेल सहितको ६.५ ईञ्च वाटरड्रप डिस्प्ले र ८९% स्क्रिन रेसियो सहितको यस फोनले उच्च गुणस्तरिय दृश्यानुभव प्रदान गर्छ । स्क्रिनको सुरक्षार्थ कम्पनीले ओपो ए ३१ मा गोरिल्ला ग्लास थ्रीको ब्यवस्थापनि गरेको छ । यसमा रहेको आई प्रोटेक्सन स्क्रिन फिल्टरले हानिकारक ब्ल्यू लाइटबाट प्रयोगकर्ताका आँखालाई सुरक्षा प्रदान गर्छ । एकै हातले फोनको सहजप्रयोग गर्न सकियोस् भन्ने सोचका साथयसको मोटाइ ८.३एमएम हुनेगरी डिजाइन गरिएको छ ।
ओपो ए ३१ को पछिल्तिर तीनओटा लेन्सको ब्यवस्थागरिएको छ ।कमप्रकाश भएका स्थानपनिउत्कृष्ट तस्विर खिच्न सकियोस् भन्ने सोचका साथफोनको प्रमुखक्यामेरामा १२एमपी सेन्सर र एफ/१.८ एपर्चरको ब्यवस्थागरिएको छ । यसमा रहेको २एमपीमाक्रो लेन्सले थपजुम गरी विहानीको शित, फूलेको फूललगायत सानाचिजको आकर्षक तथा ठूलो आकारमातस्विर लिन सकिन्छ । यीदूईका साथमा २एमपी डेफ्ट सेन्सरको पनिफोनमाउपलब्धगरिएको छ । यसले सब्जेक्टलाई ब्याकग्राउण्डसंग छुट्याई पोट्रेट शट्समाउत्कृष्ट बोके उपलब्ध गराउन
मद्दत गर्छ । यसमा रहेको ८ एमपीएफ/२.० फ्रण्ट एआई ब्यूटिफिकेसन क्यामेराले अझ प्राकृतिक, सुन्दर सेल्फीखिच्न सघाउँछ । सार्वजनिक ओपोको नयाँ ए सिरिजमा १ सय २८ जीबी रोम उपलब्धगरिएको छ । साथै, प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार सञ्चय क्षमतालाई २ सय ५६ जीबी सम्मको माइक्रोएसडी कार्डको प्रायेग गरी बढाउन पनि सक्छन् । यसले गर्दा प्रयोगकर्ताले सञ्चय क्षमताको चिन्ता नगरी चाहनाअनुसार तस्विर खिच्ने, भिडियो डाउनलोड गर्ने संगीत सञ्चयगर्ने लगायत कार्य गर्न पाउँछन् ।
ओपो ए३१लाई मिडियाटेकको शक्तिशाली १२ एनएम एमटी ६७६५ भीचिपसेटले सञ्चारित गर्छ । यसमा रहेको ४ जीबी ¥याम सहितको ओक्टाकोर प्रोशेसर उत्कृष्ट स्मार्टफोन कार्यक्षमता प्रदर्शन गर्न २.३ जीएचजेडको गतिलिने क्षमता राख्छ । यसमा रहेको ४ हजार २ सय ३० एमएएच क्षमताको ब्याट्री एक पटक पूर्णरुपमा चार्ज गर्दा प्रयोगकर्ताले १४ घण्टा सम्मको अनलाईन भिडियो स्ट्रिमिङ वा७ घण्टा सम्म निरन्तर अनलाईन गेम्स तथा १ सय १० घण्टा अडियो प्लेब्याकको मज्जा लिन सक्छन् । फोनमा फिंगर प्रिन्ट अनलकका साथै सुदृढ सेक्योरिटी अल्गोरिथमका साथमा फेसियल अनलक पनि उपलब्ध गरिएको छ । निकै आकर्षक फिचर्स सुसज्जित स्मार्टफोन,ओपो ए३१को बजार मूल्य रु. २६ हजार ५ सय ९० निर्धारण गरिएको छ ।
यसका साथै कम्पनीले आफ्नो आईओटी उत्पादन अन्तर्गत नेपाली बजारमा ओपो एन्को डब्ल्यू ११, एन्को डब्ल्यू ३१ र एन्को एम३१ पनि सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो अफलाइन रिटेल च्यानलमार्फत उपलब्ध गराउने ओपो एन्को डब्ल्यू ११को बजार मूल्ये रु. ३ हजार ९ सय ९० निर्धारण गरिएको छ । त्यसैगरी ई-कमर्स प्ल्याटफर्म दराजमार्फत उपलब्ध गराइने दूई उत्पादनएन्को डब्ल्यू ३१को मूल्य रु. ६ हजार ९ सय ९० र एन्को एम३१को मूल्य रु. ४ हजार ९ सय ९० निर्धारण गरिएको छ ।