neapl investment mega bank

उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण

Jul 20th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ५ साउन

काठमाडौंमा थप ३ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा ३ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

नयाँ संक्रमितमा काठमाडौंका २ जना र ललितपुरका १ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा पीसीआर विधिबाट ४ हजार २१६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २२ हजार २८० रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १७३ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ११ हजार ८६८ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर , रसुवा ,पाँचथर,मुस्ताङ , मनाङ , धनकुटा ,जुम्ला र हुम्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi