neapl investment mega bank
  • गृहपृष्ठ
  • प्युठान ट्र्याक्टर दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

प्युठान ट्र्याक्टर दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

Jul 19th, 2020

झिमरुक, ४ साउन /रासस

प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा मुत्यु भएका सात जनाको पहिचान खुलेको छ । भिग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने रोल्पा रुन्टिगढी गाउँपालिका–५ बाइजाका २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत र गोबद्र्धन बुढामगरको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

ट्र्याक्टर दुर्घटनामा परी चालक त्रिवेणी गाउँपालिकाका रोल्पाका २५ वर्षीय कमल कँुवरको पनि मृत्यु भएको उहाँले बताउनुभयो । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति १२ः५५ बजेको समयमा लु२च ४२३४ नं ट्र्याक्टर दुर्घटना भएको थियो । साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएको थियो । ट्र्याक्टरमा आठ जना सवारमध्ये एक ट्र्याक्टरबाट हामफलेर बाँच्न सफल भएको जनाइएको छ । सडकबाट करिब ५०० मिटर तल खसेको छ । शव आफन्तलाई बुझाउने तयारी भएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi