neapl investment mega bank

सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

Jul 18th, 2020

नवलपरासी (पश्चिम), ३ साउन

सुनवल नगरपालिका-५ बनकट्टीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको शुक्रबार राति हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको पृथ्बीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार उक्त सवारी साधन र चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi