neapl investment mega bank
  • गृहपृष्ठ
  • कर्मचारी हट्नुमा सरकार र नेकपा पलाताको षडयन्त्र: राप्रपा युवा नेता बम

कर्मचारी हट्नुमा सरकार र नेकपा पलाताको षडयन्त्र: राप्रपा युवा नेता बम

Jul 18th, 2020

काठमाडौ, साउन ३

कर्मचारी हट्नुमा सरकार र नेकपा पलाताको षणयन्त्र भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेता निराजन बमले बताएकाछन् । ति नेताले बिज्ञप्ती जारी गर्दे भनेकाछन, कालिकोट जिल्ला पलाता गाउँपालिकामा पलाता सरकारले नियुक्ति गरेका विभिन्न फाटका कर्मचारी लाई आर्थिक ब्यबस्थापन गर्न गाह्रो भएको कारणले आर्थिक बर्ष २०७७/७८ को पहिलो दिन श्राणन १ गते जिम्मेवारीबाट हटाएको छ ।

कर्मचारी हटाएको अहिलेसम्म आधिकारिक सूचना गाउँपालिका बाहिर निकालेको छैन । पलातामा हामिले एक घर एक रोजगार दिएर पलातालाइ समृद्ध गाउँपालिका बनाउने हाम्रो लक्ष्य थियो ।

रहेका कर्मचारीलाई परिमार्जन गरि सिङ्गो पलातामा कुनैकुनै सीप भएका युवा युवती लाई निष्पक्ष व्यबहार गरेर सबैलाई रोजगार दिने बाताबरण नै उपयुक्त थियो । कोरोनाका कारणले भारतबाट घर फर्किएका पलातावासी लाई बिकासका योजनामा सामेल गराइ रोजगारको सिर्जना गराउनु सरकारको आवश्यकता हो । पलाता सरकारले कर्मचारीको नियुक्तिमा ठूलो कमजोरी मात्र होइन विधि प्रक्रिया र उपयुक्त ठाउँमा उपयुक्त ब्यक्तीलाई जिम्मेवारी नदिइ आफ्नो मन परि तरिकाले कर्मचारी नियुक्ति गरेको र कर्मचारी लाई प्रयोग गरेर भ्रष्टाचार समेत गरेको हामिले देखेका छौं ।

यस्तो रोजगारीको सिस्टमले सिमित ब्यक्ति र सिमित परिवाका आवस्यकता परिपुर्ति गर्ने मात्र काम गरेको थियो यसलाई सुधार गरि सिङ्गो पलातालाइ रोजगारीको बाताबरण सिर्जना गर्न मैले पटकपटक सरकार लाई आग्रह गरेको थिए । नियुक्ति पाउने युवा र कर्मचारी प्रती मेरो कुनै आपत्ती छैन तर जसले जिम्मेवार दियो त्यो प्रती मेरो आपत्ती हो । स्थानीय सरकारले पार्टी बि पार्टी नभनी सबैलाइ बराबर तरिकाले हेरेर काम गर्ने बेला पलाता सरकारले पार्टी र आफन्त बाहेक अरुलाइ हेर्ने दृष्टिकोण सौतेली आमा को जस्तो व्यबहार गरेको छ। यश प्रती राप्रपा पलाता घोर बिरोध गर्दछ ।


पलाता सरकारले गरेका बिकासका मोडालिटी नितान्त आफ्नो आर्थिक स्तर वृद्धिदर हुने काम गरि सिङ्गो पलातावासिलाइ बेरोजगार र गरिब हुने बाताबरण गरेको छ । यो शैलीबाट पलाता सरकारले चरम भ्रष्टाचार गरेको ठूलो प्रमाण छ। जनताको अधिकार लगि सिमा नागेर दुरुपयोग गर्ने ब्यक्तीलाई आगामी निर्वाचनमा पलातावासिले पाठ सिकाउने नै छ्न। जिम्मेवार बिहिन भएका कर्मचारी हट्नुमा सरकार र पार्टीको उत्तिकै सढेन्त्र छ । सरकार पक्षले भन्छ पलाताको सरकार पार्टी अन्तरगत नचलेकाले र पलाताको विवाद मिलाउनका लागि नेकपा पलाता ले जिल्ला पार्टी सग सहमति पत्रमै कर्मचारी लाई हटाउने प्रस्ताव राखेकोले बाध्य भएको बताउन्छ । तर पार्टी भन्छ सरकारले नियुक्ति गरेका कर्मचारी हामीले कसरी हटाउन्छौ । यसको जवाफ पार्टी र सरकारले पलातावासी लाई दिनु पर्दछ । अब ढिलो नगरी भ्रष्टाचार मुक्त समाज निर्माण गरि एक समुन्नत समाज स्थापित गर्न युवाहरु एकता आजक्क आवश्यकता हो तर जीवन नेता र पार्टी भनेर बस्दा कुनै परिवर्तनको सम्भावना छैन जहाँ नियत खराव छ भने जति ठूलो सागर भएता पनि केही सकारात्मक परिवर्तन हुदैन त्यसैले पलाताको परिवर्तनका लागि एक घर एक युवा, युवती एकिबदता भएर हौ र गम्भीर भएर सोच्न सबैमा आग्रह गर्दछु, युुवा नेता बमले भनेकाछन ।