neapl investment mega bank
  • गृहपृष्ठ
  • थप १०१ जनामा कोरोना सङ्क्रमण, २८५ जना डिस्चार्ज

थप १०१ जनामा कोरोना सङ्क्रमण, २८५ जना डिस्चार्ज

Jul 17th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २ साउन

नेपालमा थप १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ४४५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ४ हजार ६८८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २२ हजार ७५६ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ५ हजार८७१ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

थप २८५ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा २८५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट २८५ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ११ हजार ५३४ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,मुस्ताङ , मनाङ ,सङ्खुवासभा र हुम्ला रहेका छन् ।