neapl investment mega bank
  • गृहपृष्ठ
  • उद्योगीहरुले पाए राहत , मौद्रिक नीतिले गर्यो कर्जाको ब्याज तिर्ने समय छ महिना थप

उद्योगीहरुले पाए राहत , मौद्रिक नीतिले गर्यो कर्जाको ब्याज तिर्ने समय छ महिना थप

Jul 17th, 2020

काठमाडौ, साउन २

उद्योगीहरुले राहत पाउने भएकाछन । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत कर्जाको सावाँ ब्याज तिर्ने अवधि थप गरेपछि उद्योगीहरुले यस्तो राहत पाउने भएका हुुन ।

बैंक तथा फाईनान्स कम्पनीहरुको कर्जाको व्याज तिर्नको लागि छ महिना देखि एक बर्षसम्मको समय पाउने भएकाछन । नेपाल राष्ट्र बैकले आज शुक्रबार आर्थिक बर्ष २०७७ /०७८ को लागि मौद्रिक नीति उक्त व्यवस्था गरेको हो । गर्भनर महाप्रशाद अधिकारीको पहिलो मौद्रिक नीतिले कोरोना भाईरस (कोभिड १९) ले कमजोर बनेको अर्थतन्त्रलाई माथि उकास्नको लागि यस्तो नीति तय गरेको हो ।

आज सार्वजनिक मौद्रिक नीति मार्फत कोरोनाको प्रभावमा परेका क्षेत्रहरुलाई कर्जा चुक्ता गर्न २०७७ असार मसान्त सम्मको अवधि रहेकोमा त्यसको म्याद छ महिनादेखि एक बर्षसम्म थप गरेको छ । मौद्रिक नीतिले कोभिड १९ को प्रभाव सामान्य मात्र देखिएको क्षेत्रमा पुस मसान्त सम्मलाई अल्पकालिन कर्जाको म्याद थप गरेको छ । मध्यम प्रभाव परेका क्षेत्रको कर्जा भने चैत मसान्तसम्म थप गरिएको छ । अति प्रभावित क्षेत्रको सुचीमा राखेको कर्जाको हकमा भने कर्जाको तिर्ने समय एक बर्षको लागि थप गरेको छ । मौद्रिक नीतिमा उल्लेख छ ।