neapl investment mega bank
  • गृहपृष्ठ
  • माछापुछ्रेमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

माछापुछ्रेमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

Jul 17th, 2020

कास्की, २ साउन

माछापुछ्रे गाउँपालिका-८ खोरामुख पाखा बस्ने प्रेमराज बिकको घर पछाडीबाट गएराति आएको वर्षाको कारण पहिरो आई घरको साईडमा रहेको ढुङ्गा माटोले बनेको १ कोठा पुरिदा ३ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा प्रेम राज बिकका नातीहरु सोही ठाउँ बस्ने १४ वर्षीया समिर बिक, पोखरा महानगरपालिका-२५ हेम्जा सुन्दरीचोक घर भएका १६ वर्षीय कुशल बिक र नातिनी पोखरा महानगरपालिका-१६ लामाचौर गैह्रिखेत घर भएकी १६ वर्षीया रेजिना बिक रहेका छन् ।

वर्षातको कारण पहिरो आई बिकको घरको साईडमा रहेको कोठामा सुतेका ३ जना मानिसहरु पुरिएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई उद्दार तथा खोजतलास गर्ने क्रममा उनीहरुको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।