neapl investment mega bank

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Jul 17th, 2020

काठमाडौं, २ साउन

काठमाडौं, महानगरपालिका-३२ गैरीगाउँमा बा.३९ प ६४३० नम्बरको मोटरसाइकल र बा.६० प १७८८ नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएर बिहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका बा।३९ प ६४३० नम्बरको मोटरसाइकल चालक सप्तरी छिन्नमस्ता-५ बस्ने ४५ वर्षीय रामविलास मेहताको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका बा।६० प १७८८ नम्बरको मोटरसाइकल चालक अविरल मगरको सोही अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व), त्रिबेणी गाउँपालिका-२ सुनटीडीस्थित सडकमा बा.१६ च ५०६७ नम्बरको स्कारपियोले ना.३५प ३७७३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक बिनयी त्रिबेणी गाउँपालिका-४ बस्ने ४८ वर्षीय रेशम गुरुङको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही गाउँपालिका-५ बस्ने २० वर्षीया उर्मिला गाहालाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डा हुँदै थप उपचारको लागि ए लाभ अस्पताल भरतपुर चितवन रिफर गरिएको छ । दुवै सवारी साधन र स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।