neapl investment mega bank

लुटपाट गरी फरार रहेका ४ जना पक्राउ

Jul 17th, 2020

मोरङ, २ साउन

विराटनगर महानगरपालिका-५ स्थित सडकबाट सोही महानगरपालिका-२ बस्ने दिपेन्द्र विश्वासको साथबाट मोबाइल १ थान, सिमकार्ड २ थान र नगद १ हजार ५ सय रुपैयाँ लुटपाट गरी फरार रहेका ४ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-५ बस्नेहरू १९ वर्षीय सुरज उराँव, १९ वर्षीय राकेश सता, २१ वर्षीय अजय सतार र २२ वर्षीय अनिल उराँव रहेका छन् ।

दिपेन्द्र विश्वास गत बैशाख ११ गते साँझ आफ्नो साथीसँग स्कुटरमा जाँदै गर्दा उनको साथबाट उक्त धनमाल लुटपाट भएको घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न ४ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका-५ स्थित चौबाटोबाट फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi