neapl investment mega bank
  • गृहपृष्ठ
  • हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

Jul 17th, 2020

झापा, २ साउन

टागनडुब्बा गाउँपालिका-९ बस्ने नत्थु विश्वकर्माको कुटपिटबाट हत्या भएको घटनामा संलग्न फरार रहेका मेचीनगर नगरपालिका-५ बस्ने ४१ बर्षीय बौदल लामगाधे विक भन्ने पुण्य प्रसाद विश्वकर्मालाई घटनाको १४ वर्षपछि मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०६३ चैत २४ गते दिउँसो पुण्य प्रसादले कामाटोली बजारबाट मृतकको साईकल नसोधी ल्याएकोले साइकल लिन सोही दिन बेलुका टागनडुब्बा गाउँपालिका-३ स्थित पूण्य प्रसादको ससुराली गएका विश्वकर्मालाई रक्सीको नशाले मातेर पुण्य प्रसाद बिकले कुटपिट गर्दा गम्भीर घाइते भएका थिए । घाइते विश्वकर्माको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको थियो । कुटपिटपछि फरार रहेका पुण्य प्रसादको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरीले मेचीनगर नगरपालिका-८ स्थित इँटाभट्टा चोकमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पुण्य प्रसाद विकलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi