आधारभूमि संवाददाता
काठमाडौं, साउन २
लकडाउन र कोरोना महामारीका बिचमा रेमिट्यान्समा भने उत्साह देखिएको छ । गत जेठमा ९४ अर्ब रुपैयाँँ बिप्रेषण आएको छ। जुन यो वर्षको उच्च हो । बिप्रेषणमा आएको बढोत्तरी, आयातमा आएको संकुचनका कारण सोधानान्तर स्थिती १ खर्ब ७९ अर्बले बचतमा रहेको देखाएको छ ।
अघिल्लो वर्षको जेठमा रेमिट्यान्स १७.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।
त्यस्तै जेठ सम्ममा खुद ट्रान्सफर आयमा ३.६ प्रतिशतले कमी आई ८७२ अर्ब ७८ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६.६ प्रतिशतले बढेको थियो । चालु खाता एवम् शोधनान्तर स्थिति ज्ञड। समीक्षा अवधिमा चालु खाता घाटा ७१.२ प्रतिशतले घटी ७१ अर्ब ६४ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२४९ अर्ब ८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको एघार महिनामा २ अर्ब २० करोड चालु खाता घाटा रहेकोमा समीक्षा अवधिमा ६५ करोड ६४ लाख रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ७२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ८८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.११ अर्ब ८० करोड रहेको थियो ।
त्यस्तै जेठ सम्ममा शोधनान्तर स्थिति १७९ अर्ब ३७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको एघार महिनासम्ममा ८० करोड ३१ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको छ ।
२०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २५.८ प्रतिशतले बृद्धि भई २०७७ जेठ मसान्तमा १३०६ अर्ब ४६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ जेठ मसान्तमा १० अर्ब ७९ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ जेठ मसान्तमा रु.११४२ अर्ब ७८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७७ जेठ मसान्तमा रु.१६३ अर्ब ६८ करोड पुगेको छ । २०७७ जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।