neapl investment mega bank
  • गृहपृष्ठ
  • राष्ट्रपतिद्वारा शीघ्र ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोको स्वास्थ्यलाभको कामना

राष्ट्रपतिद्वारा शीघ्र ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोको स्वास्थ्यलाभको कामना

Jul 16th, 2020

काठमाडौँ, १ साउन /रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलका राष्ट्रपति जाइर मिसाइस बोल्सोनारोको शीघ्र स्वास्थ्यलाभ र सुस्वास्थ्यको कामना गर्नुुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना ब्राजिली समकक्षीलाई आज सन्देश पठाउँदै अहिलेको कठिन परिस्थितिमा ब्राजिल र त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।

राष्ट्रपति भण्डारीले कोभिड–१९ विरुद्धको अन्तरराष्ट्रिय समुदायले गरेका प्रयासमा नेपालको पूर्ण सहयोग एवं समर्थन रहने सन्देशमा उल्लेख गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।