neapl investment mega bank
  • गृहपृष्ठ
  • एम्बुलेन्समा यात्रुहरु ओसारपसार गरेको अभियोगमा चालक पक्राउ

एम्बुलेन्समा यात्रुहरु ओसारपसार गरेको अभियोगमा चालक पक्राउ

Jul 16th, 2020

काभ्रेपलान्चोक, साउन १

एम्बुलेन्समा यात्रुहरु ओसारपसार गरेको अभियोगमा बा.५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाही चन्द्रनगर गाउँपालिका-३ बबरगंज बस्ने ३५ वर्षीय जुगतलाल महत्तोलाई काभ्रे बनेपा नगरपालिका-१४ साँगाबाट बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक विकास तथा वातावरण संरक्षण संघ बबरगंज सर्लाहीद्धारा संचालित उक्त एम्बुलेन्स प्रहरी चौकी साँगाबाट खटिएको प्रहरीले जाँच गर्दा एम्बुलेन्समा कुनै बिरामी नरहेको र चालक समेत ८ जना यात्रु रहेको फेला पारेको थियो । चालकले १४ हजार रुपैयाँ भाडा लिई गार्मेन्टमा काम गर्ने मजदुरहरु लिई आएको अवस्थामा फेला पारी उनलई पक्राउ गरेको हो । एम्बुलेन्स चालक महत्तो उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi