neapl investment mega bank
  • गृहपृष्ठ
  • उद्धार र राहतमा कुनै कमी हुन्न: गृहमन्त्री थापा

उद्धार र राहतमा कुनै कमी हुन्न: गृहमन्त्री थापा

Jul 15th, 2020

काठमाडौँ, ३१ असार /रासस

गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो प्रभावितहरुको उद्धार, राहत एवं पुनःस्थापन कार्यमा कुनै कमी नगरिने बताउनुभएको छ ।

जाजरकोट जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलगायत जनप्रतिनिधिहरुसँगको भेटमा उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । जाजरकोटमा बाढी, पहिरोबाट पीडित भएकाहरुको उचित व्यवस्थापनको माग गर्दै उहाँहरुले आज गृहमन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाउनुभएको थियो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले बाढी र पहिरो प्रभावितहरुको उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएकोसमेत जानकारी दिनुभयो । उहाँले बाढीपीडितहरुका लागि तत्काल आधारभूत आवश्यकता पूर्ति गरिसकेपछि पुनःस्थापन र पुनःनिर्माणको कामलाई तिव्रता दिने जानकारी गराउनुभयो ।

मुलुकभर पछिल्लो एक महिनामा पहिरोबाट मात्रै ९७ जनाको मृत्यु भइसकेको छ । ४३ जना बेपत्ता छन् । सरकारले बेपत्ताको खोजी तथा राहत र उद्धारको कामलाई तिव्रता दिँदै आएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi