neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ११६ जनामा कोरोना संक्रमण पुष्टि , ६९७ जना डिस्चार्ज

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि , ६९७ जना डिस्चार्ज

Jul 15th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३१ असार

नेपालमा थप ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा ५ हजार ९० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ५ हजार ९० जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २४ हजार ५२७ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६ हजार ११३ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, कैलाली,पाल्पा  र बाजुरा रहेका छन् ।

थप ६९७ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६९७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ६९७ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ११ हजार २५ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,मुस्ताङ , मनाङ र हुम्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi