neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा आचार्य नियुक्त

Jul 15th, 2020

काठमाडौ, असार ३१

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा २०७७ श्रावण १ देखि लागु हुनेगरी विनोद आचार्य नियुक्त भएकाछन । विगतदुई दशक भन्दा बढी समयदेखि लघुवित्त क्षेत्रमा क्रियाशिल रहेका आचार्यले व्यवस्थापन विषयमा एमपिए तथा एमविए गरेकाछन । केहि महिना देखि उनले वित्तीय संस्थामा का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यस अघि नै उनले आरम्भ लघुवित्त वित्तीय संस्था लि. मा प्रमुख कार्यकारी अधिकृतको भुमिका निर्वाह गरिसकेकाछन । यसै गरी आरम्भ लघुवित्त भन्दा अघि उनले डिप्रोक्स तथा नाडेप लघुवित्त वित्तीय संस्थाहरुमा महाप्रवन्धकको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीकोरुपमा रहेको संस्थाले हाल सम्म ४८ ओटा शाखाहरु मार्फत २७ ओटा जिल्लाहरुमा करिब ३३ हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै एक अर्ब ३० करोड लगानी गरेकोे छ भने निकट भविष्यमा थप स्थानहरुमा समेत आफना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।