neapl investment mega bank
  • गृहपृष्ठ
  • सभामुखलाई बुझाइयो सोती घटनाको प्रतिवेदन

सभामुखलाई बुझाइयो सोती घटनाको प्रतिवेदन

Jul 14th, 2020

काठमाडौँ, ३० असार /रासस

सभामुख अग्निप्रसाद सापकोटालाई रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका, सोती घटना छानबिन संसदीय विशेष समितिले आज घटनाको प्रतिवदेन बुझाएको छ । अन्तरजातीय प्रेम सम्बन्धको विषयलाई लिएर गत जेठ १० गते स्थानीय व्यक्तिहरुको साङ्घातिक आक्रमणमा परी नवराज विकसहित छ जनाको मृत्यु भएको थियो ।

गत जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकबाट रुकुम पश्चिम जिल्लाको चौरजहारी घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेस गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको थियो । समितिले कार्य प्रारम्भ भएको मितिले एक महिनाभित्र प्रतिवेदन तयार गरी पेस गर्ने कार्यादेशअनुसार आज प्रतिवेदन बुझाएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi