neapl investment mega bank
  • गृहपृष्ठ
  • शुभेच्छुक हातहरु नामक संस्थाद्धारा राहत बितरण

शुभेच्छुक हातहरु नामक संस्थाद्धारा राहत बितरण

Jul 14th, 2020

काठमाडौ, असार ३०

गत असार २४ गते सिन्धुपाल्चोक जिल्लाको वाह्रविसे स्थितजम्मु क्षेत्रमा आएको वाढि तथा पहिरोका पिढितहरुलाई शुभेच्छुक हातहरु नामक संस्थाले राहत प्रदान गरेको छ । आज सिन्धुपाल्चोक जिल्लाको वाह्रविसेमा आयोजित राहत वितरण कार्यक्रममा पिढित ३२ परिवारलाई दाल, चामल, तेल, चिउरा लगायत करिव ६० हजार रुपैया वरावरको खाध्य सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष खडानन्द घोरासैनीले उक्त राहत सामाग्री पिडित परिवारलाई हस्तान्तरण गर्नुभएको हो । संस्थाका सल्लाहकारहरु अमेरिकाको क्यालिफोर्निया निवासी केशव राज भट्टराई र शिशिर पोखरेलको आर्थिक सहयोगमा उक्त सामाग्री खरिद गरि हस्तान्तरण गरिएको हो । भक्तपुरको सुर्यविनायकमा रहेको सुभेच्छुक हातहरु नामक संस्थाले आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi