neapl investment mega bank
  • गृहपृष्ठ
  • अस्थायी ड्याम फुट्यो, दुई बेपत्ता, दुई घाइते

अस्थायी ड्याम फुट्यो, दुई बेपत्ता, दुई घाइते

Jul 14th, 2020

मेलम्ची, ३० असार /रासस

आज दिउँसो १२ः३० बजे पानी भरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुट्दा पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतिश गोहित बेपत्ता भएको त्यहाँ कार्यरत कर्मचारी युवराज गिरीले जानकारी दिनुभयो ।

त्यस्तै कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिनुभयो । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडाँै लगिएको तामाङले जानकारी दिनुभयो । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । ढोका फुटे पनि आएको बाढीले बा१झ ८७६४ नंको हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi