neapl investment mega bank
  • गृहपृष्ठ
  • टुर गाइडका गुनासाः काम पाइएन के ले चलाउँ गुजारा ?

टुर गाइडका गुनासाः काम पाइएन के ले चलाउँ गुजारा ?

Jul 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौं , असार ३०

पर्यटकलाई नेपालको प्राकृतिक सुन्दरताको वर्णन गरी नेपाल चिनाउदै हिड्ने काठमाडौका अशोक सिलवाल अहिले भने घरभित्रै छन् । डिसेम्वरको अन्तिम साता चीनको वुहानबाट देखिएको कोभिड १९ ले उनका व्यस्त दिनहरु खोसिदिएको हो ।

कोराना महामारीले पर्यटकसंग उनले विताएका रोमाञ्चक पल त खोस्यो नै अव कहिले सम्म नेपाल चाहार्ने मौका नजुर्ने हो त्यो पनि थाहा छैन ।

ुचार र पाँच महिना काम गरेर वर्षभरीका लागि खर्च पुर्याउने पेशा अंगालियो धेरै काम पाउने समयमै खाली बस्नुपरेको छु ९ उनले भने । नेपालका विभिन्न क्षेत्रमा सरकारले लकडाउन घोषणा गरेपछि कोराना कहर शुरु भयो तर पर्यटन क्षेत्र र त्यसमा पनि टुर गाइडको पेशा भने चीनमा कोरोना देखिने वित्तिकैदेखि नै सुस्ताउन थालेको उनले वताए ।

पर्यटनसंग जोडिएका विभिन्न संस्थाहरुमा सम्वद्ध अशोक सिलवालले करिव एक दशक देखि विभिन्न देशका पर्यटकलाई नेपाल घुमाउदै आएका थिए । ट्रेकिङ प्रशिक्षक समेत रहेका सिलवाल टूर तथा ट्रेकिङ गाइडलाई नै मुख्य पेशा बनाएकालाई कोराना महामारीले गम्भिर असर पारेको वताउँछन् ।

उनी भन्छन् ,ु कोरानाको हल्ला चलेदेखि नेपाल घुम्न आएका पर्यटक धमाधम आफ्नो देश फर्कन थाले, अव कोरोनाको रोकथाम भए नै पनि तत्कालै घुम्न आउने कोही हुदैन ।ु यस पेशाकै भरमा गुजारा गर्नेहरुको जीवन दिनहुँ गरिवीको जेखिमतर्फ धेकेलिदै जाने अवस्था आएको छ ।

कोरोना माहामारी नभएका भए तनहुँ बन्दीपुरका रेशम थापा विदेशी पर्यटकको भारी बोकेर पदयात्रामा खटिएका हुन्थे । कामको चापाचाप पर्ने याममै काम नपाएपछि उनी दिनभर मोवाइल चलाएर बस्छन् । चीनमा कोराना फैलिएको महिना डिसेम्वर देखि नै उनी फूर्सदिला छन् ।

न त भारी पर्याटक सग भारी बोकेर पदयात्रामा जान पाए न त घरमा बस्दा ढुक्क छन् । उनले भने केही महिना त महामारी रोकिएला र पुरानै काम फेरी पाइएला भन्ने थियो तर अव त त्यो आशा पनि हरायो ।

पर्यटनका लागि उपयुक्त समयमा समेत महीनौ काम पाइने छाँटकाँट नदेखिएपछि उनको मनको हुटहटी झन बढेको छ भन्छन “सिजनके बेला त काम पाइएन अव वर्षभरको घर खर्च कसरी पो चलाउने हो रु ”

कोरोना भाइरसको महामारीले अशोक र रेशम जस्ता पर्यटनमा आश्रित हजारौंको दैनिकीलाई नराम्ररी चिमोट्न थालेको छ । यीनीहरुको जस्तो समस्या अहिले लाखौं टुरिष्ट गाइड तथा ट्रेकिङ गाइडमा परेको छ । कोराना महामारीले यस पेशामा संलग्न कयौंको गरिखाने मेलो गुम्यो ।

विश्वभर नै कोराना भाइरसको असर समाप्त भएर सामन्य अवस्थामा फर्केपनि एक त घुमघाम गर्ने अवस्था भने तत्कालै हुदैन अर्को फेरी संक्रमण हुने जोखिम रही नै रहन्छ । यस पेशमा आश्रित रहेकाहरु कहिले सम्म संकटको भूमरीमा पर्ने हुन अहिले केही भन्ने अवस्था छैन ।

सबैभन्दा पहिले संकटमा परेको व्यवसाय

पर्यटन व्यवसायीको एउटै चिन्ता छ ९ कोभिड १९ ० को शुरुको असर पनि पर्यटनमै परेर थलिंदै गयो, महामारी नियन्त्रण भएपछि पनि लामो समयसम्म उठ्न नसक्ने क्षेत्र यही नै हुनेछ ।

नेपालको सन्दर्भमा कोरोना कहर गत चैत देखि शुरु लकडाउन पछि मात्रै देखिएको हो तर पर्यटन क्षेत्रमा त चीनमा कोरोना देखिएयता नै परेको हो ।

चीनमा कोरोना फैलिंन थालेपछि लाखौं पर्यटक आ आफ्नो देश फर्किए । अरु पर्याटक नेपाल घुम्न आउने त कुरै हरायो । त्यस यतादेखि नै पर्यटन आश्रित पेशाकर्मी र उनीहरूका परिवारले कोरोना कहर भोगिरहेका छन् । यस क्षेत्रमा संगल्न भएकाहरु एकाएक बेरोजगार हुन थालेपछि उनीहरुका परिवार गरीबीतर्फ धकेलिने जोखिम बढ्दै छ ।

नेपाल टुरिष्ट गाइड एसोसिएसनका पूर्व अध्यक्ष हरेराम बरालको भनाइमा पर्यटकहरु नेपाल आएर खर्च गरेमा नै टुर गाइडको पेशा चल्ने हो, अहिले त खर्च गर्ने पर्यटकलाई नै ज्यान जोगाउने चिन्ता छ यस अवस्थामा पर्यटक तत्काल घुम्न आउने र टुर गाइडले काम पाउने अवस्था छैन ।

उनले भने (अहिले सबै टुर गाइडहरु बेरोजगार भएका छन् हातमुख जोड्नै धौ धो हुने अवस्था आएको छ उनीहरुको लागि सरकारले सहुलियत कर्जा दिएर केही गर्ने वतावरण बनाइदिनुपर्छ ।

उनले कोराना महामारीको सबैभन्दा धेरे असर परेको तर सरकारले हालसम्म संवोधन नगरेको पेशा नै यही भएको जनाए । सरकारी तवरबाट बेरोजगार भएका टुर तथा ट्रेकिङ गाइडको समस्या संवोधन गरियोस् भनेर नेपाल टुरिष्ट गाइड एसोसिएसनले सरकार समक्ष ११ बुँदे माग राखेको बरालले जानकारी दिए ।

लकडाउनका अवधिभर पर्यटन क्षेत्रमा ४१ अर्ब रुपैयाँ बराबरको क्षति भएको पर्यटन बोर्ड र नागरिक उड्ययन प्राधिकरणले गरेको अध्ययनले देखाएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार चैत ११ देखि हालसम्म मासिक १० अर्बका दरले क्षति भएको छ । लकडाउन साउन ७ गतेसम्म लम्ब्याइएको छ । यस अवस्थामा थप ७ अर्ब रुपैयाँ बराबरको क्षति हुने अनुमान गरिएको छ।

वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिलले सन् २०१८ पर्यटन क्षेत्रले नेपालमा करीब ५ लाख प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको आकलन गरेको थियो । तर कोराना महामारीले सो पनि अधुरै रह्यो ।

aadharbhumi
aadharbhumi
aadharbhumi