neapl investment mega bank
  • गृहपृष्ठ
  • ३७ करोड रुपैयाँ राजश्व छलि गरेको अभियोगमा दुई वटा कम्पनी बिरुद्ध मुद्धा

३७ करोड रुपैयाँ राजश्व छलि गरेको अभियोगमा दुई वटा कम्पनी बिरुद्ध मुद्धा

Jul 14th, 2020

काठमाडौ, असार ३०

राजश्व अनुसन्धान बिभागले नक्कली भ्याटबिल प्रयोग गरी राजश्व छलि गरेको अभियोगमा युनिक वाईड इन्टरनेशनल बिरुद्ध उच्च अदालत पाटनमा मुुद्धा दायर गरेको छ । बिभागका अनुसार झुट्टा तथा नक्कली मुल्य अभिबृद्धि कर। विजक प्रयोग गरी राजस्व छलि गर्ने काठमाडौ महानगरपालिका वडा नं. १ स्थित युनिक वाइड ईन्टरनेश्नल प्रा.लि. (स्थायी लेखा नम्बर ६००५७७८२५) र न्यू युनिक इन्टरनेशनल (स्थायी लेखा नम्बर ३००८४२२३) का संचालक र प्रोप्राईटरको बिरुद्धमा मुुद्धा दायर गरेको हो ।

बिभागका अनुसार उक्त दुुई वटा कम्पनीहरुको नाउँमा ३७ करोड ६० लाख २८ हजार सात सय रुपैया विगो असुल गरी जरिवाना र कैद मागदावी लिई सोमबार उच्च अदालत पाटनमा मुुद्धा दर्ता गरिएको हो । युनिक वाइड ईन्टरनेशनल प्रा.लि र न्यू युनिक इन्टरनेशनलले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मु.अ. कर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूरगरेको देखिएको बिभागले जनाएको छ ।

बिभागका अनुसार प्रतिवादीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरी युनिक वाइड ईन्टरनेश्नल प्रा.लि तथा न्यू युनिक इन्टरनेशनलले मु.अ.कर तर्फ १२ करोड ४२ लाख २८ हजार छ सय १७ रुपैयाँ, आयकर तर्फ २२ करोड ८० लाख ५९ हजार तीन सय नौ रुपैयाँ र लाभकर तर्फ दुुइृ करोड ५७ लाख ४० हजार सात सय ७३ रुपैयाँ समेत गरी कुुल ३७ करोड ८० लाख २८ हजार सात सय रुपैयाँ राजश्व चुुहावट गरेको देखिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi