neapl investment mega bank
  • गृहपृष्ठ
  • काठमाडौंमा उपत्यकामा थप २ जनामा कोरोना संक्रमण

काठमाडौंमा उपत्यकामा थप २ जनामा कोरोना संक्रमण

Jul 14th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, ३० असार

काठमाडौंमा थप २ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा २ जनाको पिसिआर पोजेटिभ आएको बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ४ हजार ३६१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २४ हजार ७१६ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ६ हजार ६९५ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३४  संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या १० हजार ३२८ रहेको छ । सङ्क्रमितहरु नहुने जिल्लामा भोजपुर ,मुस्ताङ , मनाङ र हुम्ला रहेका छन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi