neapl investment mega bank

पहिरोबाट मृत्यु तथा सडक अवरोध

Jul 14th, 2020

काठमाडौं, ३० असार

बाजुरा, बुढीनन्दा नगरपालिका-३ मेलढिस्कास्थित सडकमा माटोको ढिस्को खस्न गई सडकमा हिँडिरहेका ७२ वर्षीय शिव बोहरा उक्त ढिस्कोले च्यापिएर सोमबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडास्थित सिद्दार्थ राजमार्गमा सोमबार साँझदेखि सुख्खा पहिरो खसेर सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

नवलपरासी (पूर्व), बिनयी त्रिवेणी गाउँपालिका-२ पूर्व-पश्चिम राजमार्गस्थित घिउखोलामा अविरल वर्षाको कारण सोमबार रातिदेखि आएको ढुङगा, माटो र गेगर सड्कमा थुप्रिन जाँदा सडक दुईतर्फी अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले एकतर्फी सडक सुचारु गराई दुईतर्फी सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

यसैगरी नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-२ बिश्वकर्मा मन्दिरस्थित सडकमा बा.१४ च ७०२० नम्बरको कार र ना.६ ख १५५९ नम्बरको ट्रकलाई पहिरोसँगै ढलेको रुखले च्याप्दा दुईतर्फी सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-२९ मुग्लिङ नरायणगढ सडकखण्डको सत्र किलोमा अविरल वर्षाको कारण करिब १.५ फिट सडक भासिएकोले ग्राभिल लगाई बाटो एकतर्फी सडक सुचारु गरिएको छ ।

पर्वत, जलजला गाउँपालिका-३ र ४ को सिमानामा पर्ने बेनी पोखरा सडक-खण्डको आँ खोलामा बेनीबाट पोखरातर्फ जाँदै गरेको ग.२ च २६३४ नम्बरको जिप मंगलबार बिहान हिलो माटोमा फस्न गई जिपको आधा भाग पुरिँदा सडक पूर्णरुपमा अवरोध भएको छ ।

यगैगरी पर्वत कुश्मा नगरपालिका-८ चुवास्थित पोखरा- बाग्लुङ सडक खण्डमा पहिरो आई सडक पुर्णरुपमा अवरोध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी चौकी वारी वेनीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi