neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनका तीन महिनामा १ हजार १ सयभन्दा बढी पीडितः इन्सेक

लकडाउनका तीन महिनामा १ हजार १ सयभन्दा बढी पीडितः इन्सेक

Jul 14th, 2020

काठमाडौ, असार ३०

लकडाउन अवधिका तीन महिनामा १ हजार १ सय १९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएका अभिलेख राखेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ ।

इन्सेकद्वारा असार २९ गते जारी लकडाउनका तीन महिनाको आवधिक प्रतिवेदनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । प्रतिवेदनमा समेटिएका तथ्य तथ्याङ्कहरू २०७६ चैत ११ गतेदेखि २०७७ असार १० गतेसम्मका रहेका पनि इन्सेकले जनाएको छ । यो अवधिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८ सय ४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार १ सय १९ जना पीडित भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ ।

‘अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४ सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २ सय ८४ जना पीडित भए । त्यसैगरी, यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, १ सय १२ जना घाइते भएको, १ सय २ जनालाई कुटपिट गरिएको, ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेख ग¥यो ।’–प्रतिवेदनमा उल्लेख छ ।

लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र संवर्द्धनमा राज्यको दायित्व हुने भए पनि यस अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दछौँ, इन्सेकले भनेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi