neapl investment mega bank

पहिरोमा पुरिएर मृत्यु, बाटो अवरोध

Jul 13th, 2020

काठमाडौं, असार २९

तनुहुँ,ब्यास नगरपालिका ९ माझफाँट बस्ने केशर बहादुर थापाको घरमासोमबार बिहान आएको पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । केशर बहादुर थापा समेत उनका ५ जनाको परिवार पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले थापालाई सकुशल उद्दार गरेको थियो भने ३ जनाको शव फेला पारेको थियो । पहिरोमा परेर बेपत्ता भएका १ जनाको खोजी कार्य भइरहेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका ४ घोप्टे ओडारमा सोमबार बिहान पहिरो जाँदा जोमसोम सडकखण्डअवरोध भएकोछ । प्रहरी चौकी घाँसाबाट खटिएको प्रहरीले बाटो खुलाउन आवश्यक पहल गरिरहेको छ ।

भोजपुरको ट्याम्केमैयुम गाउँपालिका २ श्रीदलेस्थित मध्य पहाडी सडकमा सोमबार बिहान पहिरो जाँदा बाटोअवरोध भएको छ । ईलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले बाटो खुलाउन आवश्यक पहल गरिरहेको छ ।

लमजुङको मध्य नेपाल नगरपालिका वडा नम्बर ४,६,९ मा पर्ने बस्तीहरुमा सोमबार बिहान गएको पहिरोमा एउटा जेसीबी, एउटा टेलर र एउटा एम्बुलेन्स पुरिएर क्षति भएको छ । उक्त स्थानमा पहिरो आई भेल पसेरक्षति भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भोर्लेटार र जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले ९५ घर परिवारलाई छिमेकीको घरमा सार्ने कार्य गरिरहेको छ । घटनास्थलमा स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको जनाएको छ ।