neapl investment mega bank
  • गृहपृष्ठ
  • ५० हजार घुस लिएको अभियोगमा प्रहरी निरीक्षक विरुद्ध मुद्दा

५० हजार घुस लिएको अभियोगमा प्रहरी निरीक्षक विरुद्ध मुद्दा

Jul 13th, 2020

काठमाडौँ, २९ असार /रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । प्रहरीमा परेको मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग कार्कीले रु ५० हजार घुस लिएको आरोप लागेको छ ।

अनुसन्धानको सिलसिलामा रहेको र जिल्ला प्रहरी कार्यालयमा परेको सार्वजनिक हितविपरीत र जबरजस्ती करणीको मुद्दामा सहजीकरण गरिदिने भन्दै कार्कीले घुस मागेको आयोगले जनाएको छ । आरोपी कार्कीविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै आयोगले जिल्ला शिक्षा कार्यालय बैतडीका तत्कालीन जिल्ला शिक्षा अधिकारी र स्रोत व्यक्तिसमेतको मिलेमतोमा बटैराज प्राविका शिक्षक रतनसिंह भण्डारीको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा दोषी ठहर भएपछि कारवाही गर्नुपर्नेमा अनधिकृत रुपमा रकम लिई मिलाउन लागेको पाइएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारी र प्रधानाध्यापक रतनसिंह भण्डारीले सो प्रयोजनका लागि रु ८३ हजार १०० बराबरको रकम लिएको पाइएको छ । आयोगले उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले घरेलु तथा साना उद्योग कार्यालय कलैया बाराका कार्यालय सहयोगी खेमराज चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । होटल सञ्चालनका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग चौधरीले रु १० हजार घुस लिएको पाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi