neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

Jul 13th, 2020

काठमाडौ, असार २९

सिद्धार्थ बैंक लिमिटेडले सोमबार दोलखा स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागि, हेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप पाँच लाख रुपैयाँ सहयोग गरेको छ । सो रकम बैंकका हेड अफ सर्कल अफिस, लाजिम्पाटकी निमा नेपालले हेल्प नेपाल नेटवर्कका कार्यक्रम संयोजक सिंहलाई हस्तान्तरण गरेकी हुुन ।

बैंकबाट प्राप्तउक्त रकमहेल्प नेपाल नेटवर्कले २०७२ सालको विनाशकारी भूकम्पले क्षति भएको दोलखाको भिमेश्वर स्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण कार्यको लागि उपयोग गर्नेछ । नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षातथा स्वास्थ्य क्षेत्रमां टेवा पु¥याउने उद्देश्य रहेको गैर सरकारी संस्था, हेल्प नेपाल नेटवकलाई पु¥याएको यस सहयोगबाट बैंकले शिक्षाको क्षेत्रमा केहि हदसम्म भएपनि उत्थान पुग्ने र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता दिंदै जाने जनाएको छ ।