neapl investment mega bank
  • गृहपृष्ठ
  • डिमानद्धारा बाढी पहिरो र महामारीमा उद्धार, रोकथाम र नियन्त्रण कार्यमा क्रियाशिल हुन अपिल

डिमानद्धारा बाढी पहिरो र महामारीमा उद्धार, रोकथाम र नियन्त्रण कार्यमा क्रियाशिल हुन अपिल

Jul 13th, 2020

काठमाडौ, असार २९

राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल (डिमान) ले बाढी पहिरो र महामारीमा उद्धार, राहत,उपचार, रोकथाम र नियन्त्रण कार्यमा क्रियाशिल हुन अपिल गरेको छ । डिम्यायनले बिज्ञप्ती जारी गर्दे भनेको छ, मुलुक कोरोना भाइरस (कोभिड ‐१९) महामारीको रोकथाम, उपचार र नियन्त्रणमा लडिरहेको छ । यस महामारीका कारण आजसम्म १६१०८ जनामा संक्रमण देखिएको र संक्रमितहरु मध्ये ३८ जनाले ज्यान समेत गुमाएको अवस्था छ । कोरोनाको कहरकै सामना गरिरहनुपरेको यस विषम परिस्थितिमा विगत केही दिनदेखि शुरु भएको भारी बर्षाका कारण देशका विभिन्न जिल्लाहरुमा आएको बाढी पहिरो डुवानको पिडाले नेपाली नागरिकहरुलाई आक्रान्त पारिरहेको छ । विगत चार दिनमा मात्र ५९ जनाको मृत्यु, ४९ जना वेपत्ता, ४० जना घाइते भई जनधनको ठूलो क्षति पुग्न गएको छ । कोभिड १९ महामारीको रोकथाम र नियन्त्रण अनिश्चित वन्दै गएको र मनसुनको सुरुवातमै देखिएकोे बाढी पहिरो र डुवानका कारण निम्तिएको विपदपूर्ण अवस्थाले आगामी दिनमा थप जटील अवस्थाको सामान गर्नु पर्ने पक्का छ । यस अवस्थामा सम्पूर्ण नेपालीहरु एकजुट भई युद्ध स्तरमा राहत, उद्धार, उपचार, जोखिमयुक्त क्षेत्रका नागरिकको सुरक्षा,महामारीको रोकथाम नियन्त्रण गर्न आ आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने जस्तो मानवीय सहायोग कार्यमा जुट्न आवश्यक छ, डिमानले भनेको छ ।

नेपाल बाढी पहिरोका दृष्ट्रिले उच्च जोखिममा रहेको र हरेक वर्ष जीउधनको ठूलो क्षति भोग्नु पर्ने नियती वन्दै आएकोे हामी सबैलाई थाहा छ । प्रकोप संकटासन्न क्षेत्रको नोक्सान गर्ने, अव्यवस्थित वसोवास र जथाभावि गरिने डोजरे विकासलाई रोक्ने त्यस्ता क्षेत्रमा वसोवास गर्ने वासिन्दाहरु लाई सुरक्षित स्थानमा स्थान्तरण गरी सम्भावित विपद् जोखिम न्यूनीकरणको लागि पूर्वतयारीको कार्यमा गंभिर र जिम्मेवार हुनपर्ने, विपद्को यस अवस्थामा प्रभावितहरुको उद्धार, राहत र उपचार जस्तो प्रतिकार्यमा गंभिरताकासाथ युद्धस्तरमा जुट्नु नेपाल सरकार, प्रदेश सरकार र हरेक स्थानीय तहको पहिलो र प्राथमिक दायित्व रहन आएको छ । साथै यस तर्फ हरेक राजननीतिक दलहरुको विपद व्यवस्थापनमा योगदान गर्नु उनीहरुको कानूनी दायित्व र नेतृत्वदायी भूमिका हुनपर्ने तर्फ समेत सम्वद्ध पक्षहरुलाई स्मरण गराउदै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई श्रोत साधन र जनशक्तिको साथ प्रदेश र स्थानीय तहसम्म आफ्नो भूमिका निर्वाह गर्न डिमान हार्दिक आग्रह गर्दछ, डिमानले बिज्ञप्ती मार्फत भनेको छ ।

बाढी पहिरो डुवानका कारण निम्तिएको विपद््पूर्ण यस दुखद घडीमा पीडीतहरुको राहत तथा उद्धार र उपचार तथा महामारीको रोकथाम र नियन्त्रणमा उल्लेख्य योगदान गर्नका लागि विशेष रुपमा डिमान आवद्ध सम्पूर्ण सदस्य संस्था तथा संस्थाका पदाधिकारीहरुलाई जिम्मेवार, अनुशासित, मर्यादित र स्वस्फुर्त स्वयमसेवी भावले नेपाल सरकार, प्रदेश सरकार, सरकारी तथा गैर सरकारी संस्था, निजी क्षेत्र, स्थानीय तहहरुसंग सहकार्य र समन्वय गरि थप क्रियाशिलता प्रदर्शन गर्न अनुरोध गर्दछौ । विपदको यस संवेदनशील घडीमा मानविय सहायताको काममा सबै नागरिक समाज, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संघ संस्था, उद्योगी, व्यापार व्यवसायी, शिक्षक, कर्मचारी, पेशाकर्मी, सञ्चार जगत, विद्यार्थी लगायत आम नेपाली दाजु भाई दिदि वहिनीले आ– आफ्नो क्षेत्रबाट एकतावद्ध भई योगदान गर्न डिमानले हार्दिक अपिल समेत गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi