neapl investment mega bank
  • गृहपृष्ठ
  • रिलायन्स लाइफको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

रिलायन्स लाइफको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Jul 13th, 2020

काठमाडौ, असार २९

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आईतबारका दिन कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले सभाको अध्यक्षता ग्रहण गरीे आ.व.२०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गरेका हुुन । कम्पनीका अन्य संचालकहरुमा भरत कुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी तथा सुन्दर प्रसाद कडेल रहेकाछन ।


सभाले सञ्चालक समितिको आ.व. २०७५÷७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु, कम्पनीको आ.व.२०७६÷०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं. अन्य सुविधाहरु निर्धारण तथा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ ।

साथै सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीले बिसं २०७४ मंसिर १ गतेदेखि विधिवत््रुपमा जीवन बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै हाल १०० वटा शाखा/उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी तीन अर्ब र जारी पूँजीरु. २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको शेयर कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको छ ।