neapl investment mega bank
  • गृहपृष्ठ
  • मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

मुद्दा मिलादिन्छु भन्दै पैसा असुल्ने पत्रकार पक्राउ

Jul 13th, 2020

कलैया, २९ असार /रासस

प्रेस सङ्गठन नेपाल प्रदेश नम्बर २ का सदस्य तथा एपी खबर बाराका संवाददाता भैयाराम साह पक्राउ परेका छन् ।

प्रहरी हिरासतमा रहेका लागुऔषध कारोवारी व्यक्तिलाई छुटाइदिन्छु भन्दै अफान्तसँग मोटो रकम माग गरेको र केही रकमसमेत लिइसकेको रेर्कड फेला परेपछि सोही रेर्कडको आधारमा पत्रकार साहलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेका साहलाई अदालतबाट १० दिनको म्याद लिई अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको प्रवक्ता मिश्रले भन्नुभयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi