neapl investment mega bank
  • गृहपृष्ठ
  • संरक्षित वन्यजन्तु भालुको पित्त सहित दुई पक्राउ

संरक्षित वन्यजन्तु भालुको पित्त सहित दुई पक्राउ

Jul 12th, 2020

काठमाडौँ, २८ असार

संरक्षित वन्यजन्तु भालुको पित्तसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा कारोवार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट आज खटिएको विशेष टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–८ कल्याणपुरबाट दुई जनालाई पक्राउ गरिएको हो ।

पक्राउपर्नेमा मकवानपुर कैलाश गा.पा.-१ वरभञ्ज्याङका हरिबहादुर मोक्तान र सोही जिल्लाको कैलाश गा.पा.-२ डाँडाखर्कका रामबहादुर लामा रहेको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । उनीहरुले रु २० लाखमा बिक्री गर्न भनी साथमा लिइ हिँडिरहेका अवस्थामा भालुको पित्त बरामद गरिएको प्रहरीले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको जनाइएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi