neapl investment mega bank
  • गृहपृष्ठ
  • सन्राइज बैंकको डिजिटल माध्यमबाट एकैं दिन चार शाखा र १ विस्तारित काउन्टरको उद्घाटन

सन्राइज बैंकको डिजिटल माध्यमबाट एकैं दिन चार शाखा र १ विस्तारित काउन्टरको उद्घाटन

Jul 12th, 2020

काठमाडौ, असार २८

सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरेको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याले डिजिटल उद्घाटन समारोहमार्पmत ४ वटाशाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गरेका हुुन ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको हो । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो ।

कोरोनाभाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्र्दै डिजिटल माध्यममार्पmत उद्घाटन गरेको हो । आफ्ना शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

हालसम्म बैंकले १३४ वटा शाखा, ४८ वटा शाखारहित बैंकिङ्ग सेवा, १० वटा विस्तारित काउण्टर र १६० वटा ए.टि.एम मार्फत आफ्ना करिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरm विस्तार गर्ने क्रममा, नेपालकाअन्य स्थानहरmमा पनि थप शाखा, शाखारहित बैंकिङ्ग, विस्तारित काउन्टर र ए.टि.एम हरm संचालन गर्ने योजना रहेको जनाएको छ ।