काठमाडौ, असार २८
राप्रपा अध्यक्ष पशुुपती शमशेर राणाले दुुख व्यक्त गरेकाछन । देशभर लगातारको वर्षाले बाढी पहिरोका कारण सिन्धुपाल्चोक, म्याग्दी लगायतका जिल्लामा ठूलो संख्यामा जनधनको क्षति हुनका साथै धेरै ठाउँहरुमा नागरिकहरु विचलित भएको अवस्था छ । देशैभर बाढी पहिरोको जोखिमको मात्रा बढ्दो छ, ठाउँठाउँमा सडक अवरुद्ध भएका छन् । विशेषगरी तराई मधेशमा डुबान भइरहेको छ । प्रदेश २ र प्रदेश १ मा बाढी र डुबानको उच्च जोखिम बढेको छ । यस्तो विपदको घडिमा ज्यान गुमाउनु भएका नागरिकप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु, अध्यक्ष राणाले बिज्ञप्ती मार्फत भनेकाछन ।
सरकारले चनाखो रहि यो विपदबाट जनतालाई कसरी बचाउने र राहत पुर्याउने भन्नेमा विशेष ध्यान दिन सकेको देखिदैन । वेपत्ता नागरिकको खोजी कार्यमा तिब्रता दिन, पीडित परिवारलाई यथोचित राहत अबिलम्ब व्यवस्था गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु उनले भनेकाछन । साथै, पार्टीका आम कार्यकर्ता साथीहरूलाई पीडित जनताको उदार र राहतका निमित जुटेर लाग्न समेत अध्यक्ष राणाले आव्हान गरेकाछन ।