neapl investment mega bank

नेप्से पहिलो दिन नै नौ अंकले बढ्यो

Jul 12th, 2020

काठमाडौ, असार २८

आज आईतबार नेप्से नौ दसमलव दुुई अंकले बढेर १३ सय ४० दसमलव २९ अंकमा पुुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव ९३ अंकले बढेर दुुई सय ८१ दसमलव ४२ अंकमा पुुगेको छ । आज एक सय ७९ कम्पनीहरुको १६ हजार आठ सय २६ वटा कारोवारमा २६ लाख ७८ हजार पाँच सय सात कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम एक अर्ब ११ करोड १० लाख ९० हजार दुुई सय ७२ रुपैयाँ पुुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुुंदा पाँच वटाले गुमाएपनि सात वटाले भने कमाएकाछन । बाँणिज्य बैंक समुहको सुचक आज एक दसमलव १४ अंकले घटेर ११ सय २३ दसमलव ३४ अंकमा पुदा बिकास बैक समुहको सुचक पनि चार दसमलव एक अंकले घटेर १७ सय तीन दसमलव १२ अंकमा पुुगेको छ । होटल, जलबिद्युुत र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकोछन । निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स, लघुुबित्त, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि आज बढेकाछन ।

कमाउने कम्पनीको सुचीमा आज सुुर्योदय लघुबित्त बित्तीय संस्था पहिलो स्थानमा परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा तिनाउ मिसन डेभलपमेन्ट बैंक पहिलो स्थानमा परेको छ । रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।