neapl investment mega bank
  • गृहपृष्ठ
  • थप ७० जनामा कोरोना संक्रमण पुष्टि , ४३१ डिस्चार्ज

थप ७० जनामा कोरोना संक्रमण पुष्टि , ४३१ डिस्चार्ज

Jul 11th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २७ असार

नेपालमा थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा चार हजार ८०६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ७१९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा पीसीआर विधिबाट ३ हजार ६४८जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २४ हजार ९७ रहेको छ । त्यसैगरी आइसोलेशनमा रहेका व्यक्तिहरुको सङ्ख्या ८ हजार २४९ छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा रहेका छन् ।

थप ४३१ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४३१ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट ४३१ जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ८ हजार ४४२ पुगेको छ ।हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi