neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिका कोरोनाको उच्च जोखिममा ,सतर्कता अपनाउन आग्रह

महालक्ष्मी नगरपालिका कोरोनाको उच्च जोखिममा ,सतर्कता अपनाउन आग्रह

Jul 11th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, २७ असार


ललितपुरको महालक्ष्मी नगरपालिकामा २२ जनामा कोरोना पोजिटिभ पाइएको छ । वयोधा अस्तापतालको एक जना स्वास्थ्यकर्मीको लापरवाहीका कारण कोरोना फैलिएको जनाइएको छ ।

उनको लापरवाहीका कारण महालक्ष्मी नगरपालिका वडा नं ८ मा आफू गरि १५ जनामा कोरोनाको संक्रमण भएको हो भने एक जना संक्रमित चाहीँ भारतबाट आएको जनाइएको छ । वडा नं ६ मा ३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । त्यस्तै मेडिसिटी अस्पतालका अर्का स्वास्थ्यकर्मी, महालक्ष्मी नगरपालिका वडा नं ४ मा १ जना र वडा नं १ मा एक जनामा संक्रमण पुष्टी भएको वाड नं ८ का वडा अध्यक्ष विश्वराम श्रेष्ठले जानकारी दिए । श्रेष्ठले टेकु अस्पतालमा जाँच गराउँदा रिपोट नेगेटिभ आएको र पाटन अस्पतालमा जाँच गराउँदा पोजिटिभ देखिने गरिएको बताए ।

संक्रमितहरुलाई विर अस्पतालको दुवाकोट स्थित आइसोलेसन सेन्टर, किर्तिपुरको आयुर्वेद अस्पताल, मेडिसिटी अस्पताल र पाटन अस्पतालमा राखिएको र सबैको स्वास्थ्य स्थिति सामान्य रहेको सम्बन्धीत वडाका वडा अध्यक्षहरुले आधारभूमिलाई जानकारी दिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi